शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जसले श्रीमतीलाई साइकलमा बोकेरै ७ सय ५० किलोमिटर यात्रा गरे

जसले श्रीमतीलाई साइकलमा बोकेरै ७ सय ५० किलोमिटर यात्रा गरे

भारतका एक व्यक्ति श्रीमतीलाई साइकलमा बोक्दै ७ सय ५० किलोमिटर यात्रा तय गरी घर पुगेका छन्। लकडाउनका कारण खान बस्न नै समस्या हुन थालेपछि उनी साइकलमै श्रीमतीलाई बोकेर ७ सय ५० किलोमिटरको यात्रा तय गरी घर पुगेका हुन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

भारत - भारतका एक व्यक्ति श्रीमतीलाई साइकलमा बोक्दै ७ सय ५० किलोमिटर यात्रा तय गरी घर पुगेका छन्। लकडाउनका कारण खानबस्न समस्या हुन थालेपछि उनी साइकलमै श्रीमतीलाई बोकेर ७ सय ५० किलोमिटरको यात्रा तय गरी घर पुगेका हुन्।

National life

उत्तरप्रदेशको बलरामपूर घर भएका राघोरामले हरियाणाबाट पाँच दिनको साइकलयात्रा श्रीमतीसँग पूरा गरेका हुन्। उनले भने, ‘देशमा लागू भएको लकडाउनका कारण आफूमाथि आइपर्न सक्ने संकटले मलाई यति लामो दूरी पार गर्नसक्ने शक्ति प्राप्त भयो।’

उनले अगाडि भने, ‘हामी जुन कम्पनीमा काम गर्थ्यौं त्यो केही दिनअघि बन्द भइसकेको थियो। खानलाउन समस्या भयो। ठेकेदारलाई फोन गर्दा उनले केही गर्न नसक्ने बताए। घरमालिकले कोठामा बसिरहे भाडा तिर्नुपर्ने बताए। समस्या नै भएपछि गाउँ फर्किने निर्णय गरें। गाउँमा हुँदा भोकले त मर्दैन भन्ने भयो।’

रोहतकबाट घरका लागि निस्किँदा राघोरामसँग खल्तीमा १ सय २० रुपैयाँ थियो। पहिलोपल्ट साइकलमा आएका उनलाई बाटोमा निकै दुःखकाे सामना गर्नुपर्यो। 'मसँग खल्तीमा १ सय २० रुपैयाँ र दुईवटा झोलामा केही कपडा थिए। सोनीपतसम्म हामीलाई निकै दुःख भयो। बाटोबाटोमा पुलिसले  रोके। तर, हाम्रो दुःख बताएपछि उनीहरुले अगाडि बढ्न दिए’, उनले भने।

राघोरामले लगातार पाँच दिनसम्म साइकल चलाए। उनी भन्छन्, ‘मैले लगातार पाँच दिन साइकल चलाएँ। बीचबीचमा पाँच–सात मिनेट आराम गर्थें। मसँग मेरी श्रीमती पनि थिइन्, त्यसैले लगातार साइकल चलाइरहन सम्भव थिएन। राति पनि दुई घण्टा कहीले पेट्रोल पम्प त कहिले बन्द पसलअगाडिको ठाउँमा आराम गर्थ्यौं।’

Laxmi sunrise bank
kumari

उनी पढेलेखेका छैनन्। केही वर्षअघिमात्रै उनको विवाह भएको थियो। सुखद सपना बोकेर केही महिनाअघि मात्रै रोहतक आएका राघोरामका लागि पुनः गाउँ नै सुरक्षित र खुसीको ठाउँ बनेको छ।

 

प्रकाशित: Apr 06, 2020| 14:34 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।