मंगलबार, वैशाख २९, २०८३

कोरोना लागेको जानकारी दिएर डाक्टरले गरे आत्महत्या

फ्रान्सेली फुटबल क्लब रिम्सका डाक्टर बनार्ड गोन्जालेजले आत्महत्या गरेका छन्। उनले कोरोनाका कारण डिप्रेसनमा आएर आत्महत्या गरेको बताइएको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

फ्रान्सेली फुटबल क्लब रिम्सका डाक्टर बनार्ड गोन्जालेजले आत्महत्या गरेका छन्। उनले कोरोनाका कारण डिप्रेसनमा आएर आत्महत्या गरेको बताइएको छ।

National life

फ्रान्सकोे शीर्ष फुटबल लिग लिग वानको क्लब रिम्सले एक सूचना जारी गर्दै ६० वर्षिय डाक्टर कोरोना संक्रिमित भएको जानकारी दिएको छ। उनी २० वर्षदेखि क्लबको मेडिकल क्षेत्रमा काम गरिरहेका थिए। उनको आत्महत्याले क्लबका साथै रिम्स सहरका धेरै मानिसलाई आघात परेको बताइएको छ।

रिम्स सहरका मेयर अर्नोड रोबिनेले भने, 'बनार्डको आत्महत्याले मलाई झट्का लागेको छ। म उनलाई धेरै वर्षदेखि चिन्छु। उनले एक सुसाइड नोट छोडेका थिए। जसमा उनी आफैंले कोरोना संक्रिमत भएको कुरा लेखेका छन्। उनलाई सहरका धेरै मानिसले मन पराउँथे। उनी असल व्यक्तित्वका कारण धेरै प्रसिद्ध थिए।’

कोभिड–१९ का कारण ३१ मार्चमा लंकसायर क्रिकेट क्लबका अध्यक्ष डेविड होँजसिस र फ्रान्सका ओलम्पिक डी मार्शल फुटबलका पूर्व अध्यक्ष पेप दिआफको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोनाका कारण मर्नेको संख्या आज (सोमबार) विहान सम्ममा ८ हजारभन्दा धेरै पुगिसकेको छ।

प्रकाशित: Apr 06, 2020| 11:27 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।