शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमितको उपचारका लागि आयरल्यान्डका प्रधानमन्त्री चिकित्सा पेसामा फर्किए

कोरोना संक्रमितको उपचारका लागि आयरल्यान्डका प्रधानमन्त्री चिकित्सा पेसामा फर्किए

राजनीतिमा प्रवेश गर्नुअघि भाराड्करले सात वर्ष चिकित्सक भएर काम गरेका थिए।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं– आयरल्यान्डका प्रधानमन्त्री लियो भाराड्कर चिकित्सा पेसामा फर्किएका छन्।

National life

प्रधानमन्त्री कार्यालका प्रवक्ताका अनुसार आइतबार प्रधानमन्त्री भाराड्करले मेडिकल काउन्सिलमा आफ्नो नाम दर्ता गराएका हुन्।

राजनीतिमा प्रवेश गर्नुअघि भाराड्करले सात वर्ष चिकित्सक भएर काम गरेका थिए। उनले सन् २०१३ मा चिकित्सा पेसा छोडेका थिए।

प्रधानमन्त्री भाराड्करको परिवार चिकित्सा क्षेत्रमै कार्यरत छ। उनका बुवा, आमा डाक्टर र नर्स हुन्। उनकी श्रीमती र दुई बहिनी पनि यही पेसामा छन्।

समाचार संस्था रोयटर्सका अनुसार अब उनले साप्ताहिक रुपमा चिकित्सकको काम गर्नेछन्।

Laxmi sunrise bank
kumari

केही दिनअघि मात्र स्वास्थ्यमन्त्री सिमोन हारिसले कोरोनासँग लड्न ‘देशलाई तिम्रो खाँचो छ’ अभियान सञ्चालन गरेका थिए।

स्वास्थ्यमन्त्रीको अभियानसँगै करिब ७० हजारले आफ्नो पुरानो पेसामा फर्कने रुचि देखाएका छन्।

 

प्रकाशित: Apr 06, 2020| 07:58 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।