शनिबार, फागुन ३०, २०८२

फिलिपिन्समा लकडाउन तोड्नेको गोली हानी हत्या

फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेलाई गोली हानी हत्या गरिएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

एजेन्सी- फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेलाई गोली हानी हत्या गरिएको छ।

National life

त्यहाँका एक ६३ वर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको हो।

ती व्यक्तिलाई प्रहरीले लकडाउन नतोड्न आग्रह गर्दा उनले हँसिया देखाएर प्रहरीलाई धम्की दिएको प्रहरीले जनाएको छ।

त्यहाँको दक्षिण अगुसान प्रान्तको नासिपित सहरमा बिहीबार ती व्यक्तिले मदिरा सेवन गरी प्रहरीमाथि आक्रमणको प्रयास गरेको जनाइएको छ।

मास्क नलाएका ती व्यक्तिलाई गाउँका स्वास्थ्यकर्मीले मास्क लगाउन भनेका थिए। त्यसपछि उनी स्वास्थ्यकर्मीसँग रिसाएका थिए।

Laxmi sunrise bank
kumari

प्रहरी र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्न थालेपछि प्रहरीले उनलाई शान्त बनाउन गोली प्रहार गर्दा मृत्यु भएको हो।

यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनीसमेत दिएका थिए।

कोरोना भाइरसको संक्रमण न्युनिकरणका लागि लकडाउन अनिवार्य रहेको र यसका लागि सरकारले दिएको निर्देशन पालना गर्न राष्ट्रपतिले अपिल गरेका थिए।

प्रकाशित: Apr 05, 2020| 18:25 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।