बुधबार, चैत ११, २०८२

किशोरकिशोरीले मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ? यूनिसेफले सुझाएका ६ उपाय

कोभिड–१९ को यो समयमा आफ्नो मानसिक स्वास्थ्यको हेरचाहका लागि यूनिसेफले सुझाएका केही उपाय अबलम्बन गरेर आफूलाई स्वस्थ राख्नुहोस्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं– यतिबेला विश्वलाई कोभिड–१९ को महामारीले सताएको छ। करिब दुई तिहाई विश्व बन्दाबन्दीमा छ। घरभित्रै बसिरहँदा र महामारीको खबर सुनिरहँदा धेरैलाई हतास र अत्यास लाग्दो महसूस हुनसक्छ।

National life

यस्तो बेला किशोरकिशोरीको उमेर समूहलाई झन् समस्या पर्न सक्छ। त्यसैले कोभिड–१९ को यो समयमा आफ्नो मानसिक स्वास्थ्यको हेरचाहका लागि यूनिसेफले सुझाएका केही उपाय अबलम्बन गरेर आफूलाई स्वस्थ राख्नुहोस्।

चिन्ता र अत्यासलाई सामान्य ठान्ने

तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने तपाईं एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो।

विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त्यसले चिन्ता लगाउन सक्छ। त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस्। इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन्। युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन आदिका वेबसाइट भरपर्दा स्रोत हुन्। त्यस्ता माध्यमबाट मात्रै सूचना लिने गर्नुहोस्।

Laxmi sunrise bank
kumari

मन भुलाउने उपाय खोज्ने

आफू निराश हुँदैछु भन्ने लाग्यो भने यो कुरा सम्झिनुहोस्– कुन कुरा तपाईंको वशमा छ र कुन कुराबारे तपाईंले केही गर्नै सक्नुहुन्न? त्यसैले आफ्नो वशमा भएका कुरामा मात्रै ध्यान दिनुहोस्। जस्तो, आफ्नो होमवर्क गर्ने, अथवा टिभी हेर्ने, गीत सुन्ने वा नयाँ किताब पढ्ने। आफूलाई रमाइलो लाग्ने कुरा मात्रै गरेर मन भुलाउनुहोस्।

साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय खोज्ने

दूरी राखिरहनु पर्ने यो समयमा साथीसँगीसँग घुलमिल हुने राम्रो माध्यम भनेको सामाजिक सञ्जाल पनि हो। तर कसरी सम्पर्क कायम राख्ने? यसबारे सिर्जनशील उपाय सोच्नुहोस्। सबैजना एकैचोटी अनलाइन रहेर गर्न सकिने क्रियाकलाप सोच्नुहोस्। नयाँ कुरा सिक्ने मौका बनाउनुहोस्।

तर, धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रीन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ। त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुहोस्। यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनु होस्। घरमै भेट्टाइने समानबाट नयाँ सामान वा कलाकृति बनाउनुहोस्। बगैंचामा भुल्नुहोस्।

आफैँ हिरो

अहिले तपाईंसँग फुर्सदै फुर्सद छ? तपाईँलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सीप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिले पाउनुहुन्छ? आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ। त्यसैले अरुको कुराभन्दा आफ्नो लागि आफैं हिरो हुँ भन्ने भावना राखेर काम गर्नुहोस्।

भावनालाई चिन्नुहोस्

तपाईंलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला। मनमा आएको निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ। तर त्यसलाई महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ। त्यसलाई चिनेर कविता बनाइदिनुहोस्, त्यसको अनुहारको चित्र बनाइदिनुहोस्, आफूले जानेको सिर्जनशील शैलीमा आफ्ना भावनाहरू पोख्नुहोस्। नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्नुहोस्।

आफू र अरूप्रति दयालु हुनुहोस्

कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू अर्काका दुव्र्यवहारको शिकार भइरहेका छन्। यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो। दयालु बन्नुहोस्। कोही दुव्र्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस्। दुव्र्यवहारको शिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिनुहोस्। अरू समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनुपर्छ। कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ। त्यसैले सोचविचार गरेर व्यवहार गर्नुहोस् ।

 

प्रकाशित: Apr 05, 2020| 10:23 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्