शनिबार, असोज १७, २०८३

क्रिप्टोकरेन्सीको कारोबार अवैध : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको बताएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको बताएको छ।

बिहीबार सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन विभागले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोग गैरकानुनी भएकाले त्यस्तो काम नगर्न सचेत गराएको हो। 

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोग गर्ने र गर्नलाई प्रोत्साहन गर्ने–गराउने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले त्यस्तो कार्य गरेको–गराएको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: Sep 09, 2021| 17:21 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्