बिहीबार, भदौ ४, २०८३

जनकपुरमा कोरोना परीक्षण सुरु

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण सुरु भएको छ ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षण सुरु भएको छ । पीसीआर मेसिन जडान भएसँगै प्रादेशिक अस्पताल जनकपुरमा शुक्रबार बिहानदेखि कोरोना परीक्षण सुरु भएको हो ।

प्रादेशिक अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले पीसीआर मेसिन जडान भएर कोरोना परीक्षण सुरु भएको जानकारी दिए । ‘पीसीआर मेसिन जडान भइसकेको छ, प्राविधिकहरु पनि तयार छन्, शंकास्पद बिरामीको स्वाब आएलगत्तै परीक्षण सुरु हुन्छ,’ यादवल भने ।

संघीय सरकारले कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा एउटा पीसीआर मेसिन पठाएको छ । काठमाण्डौंबाट आएका दुईजना प्राविधिक टोलीले पीसीआर मेसिन प्रादेशिक अस्पतालमा जडान गरेका छन् । प्राविधिक टोलीले विहिबार रातिसम्म काम गरेर मेसिन जडान गरेका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पीसीआर मेसिनबाट दैनिक १० वटा परीक्षण गर्न मिल्ने प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले जानकारी दिएका छन् ।

प्रदेश २ मा पीसीआर मेसिन नहुँदा यसअघि शंकास्पद बिरामीको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित टेकु प्रयोगशाला पठाउने गरिन्थ्यो । जनकपुरमै मेसिन जडान भइसकेपछि अब शंकास्पद बिरामीको स्वाब परीक्षणको लागि काठमाण्डौं पठाउनुपर्ने झन्झट सकिएको प्रादेशिक अस्पतालका प्रमुख डा.यादवले बताए ।

यता कोरोना महामारी नियन्त्रण गर्न गठित निर्देशक समितिले प्रदेशभर ५० भेन्टिलेटर र दुईवटा पीसीआर मेसिन थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजक रहेको निर्देशक समितिले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई यस्तो निर्देशन दिएको हो ।

निर्देशक समितिले प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १० र अन्य अस्पतालहरुमा ५÷५ वटा भेन्टिलेटर र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा एउटा पीसीआर मेसिन जडान गर्न निर्देशन दिएको बताइएको छ ।

समितिले पीसीआर र भेन्टिेलेटर प्रक्रिया तत्काल सुरु गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित: Apr 03, 2020| 09:23 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।