बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • नगर प्रमुखलाई एक वर्षमा २८ लाखको इन्धन, सरकारी स्रोतबाट विदेश भ्रमण

नगर प्रमुखलाई एक वर्षमा २८ लाखको इन्धन, सरकारी स्रोतबाट विदेश भ्रमण

धनुषाको सहिदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाममा लखौँको भत्ता बुझेको पाइएको छ
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

जनकपुरधाम– धनुषाको सहिदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाममा लखौँको भत्ता बुझेको पाइएको छ। सहिदनगर नगरपालिकामा नगरप्रमुख उदय बरबरियाले नगरभित्रै अनुगमन गर्न लाखौँ रुपैयाँ भत्ता बुझ्नुका साथै नगरपालिकाकै स्रोतबाट रकम खर्चेर विदेश भ्रमण गरेको पाइएको हो। 

National life

महालेखापरीक्षकको प्रतिवेदनअनुसार सहिदनगर नगरपालिकाले दैनिक ७ हजार ८ सय ३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ। 

नगरपालिकाले पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३सय ७९  र कार्यालय प्रयोजनमा १३ लाख ७सय ७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको हो । जसमध्ये नगरप्रमुख बरबरियाले नगरभित्र अनुगमनका नाममा ४ लाख ६९ हजार ९ सय रुपैयाँ इन्धन खर्च गरेका छन्।  

नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारीसाधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत नरहेको महालेखापरीक्षकको कार्यालयले भनेको छ। 


Shivam cement

दुबई भ्रमणका क्रममा उँटमा सवारी गर्दै उदय बरबरिया

नगरप्रमुख बरबरियाले नगरपालिकाकै खर्चमा दुबई भ्रमण गरेको पाइएको छ। उनले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराएर चार लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन्।नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुबईको सारजाँहा भ्रमणका लागि पुगेका थिए । 

सो भ्रमणमा नगरप्रमुख बरबरियाले दुई लाख १५ हजार ५ सय ८० र प्रशासकिय अधिकृत नन्दकुमार झाले १ लाख ९२ हजार १ सय ४० रुपैयाँ खर्च गरेका छन्।

प्रकाशित: Sep 09, 2021| 16:21 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।