बिहीबार, भदौ ४, २०८३

पीसीआर मेसिन जडान नै हुन सकेन प्रदेश–२ मा

अन्य प्रदेशहरुमा कोरोना जाँच सुरु भइसकेपनि प्रदेश २ मा अझै सुरु हुनसकेको छैन ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

जनकपुरधाम– अन्य प्रदेशहरुमा कोरोना जाँच सुरु भइसकेपनि प्रदेश २ मा अझै सुरु हुनसकेको छैन । पीसीआर मेसिन जडान हुन नसक्दा प्रदेश २ मा कोरोना जाँच सुरु हुन नसकेको हो ।

प्रदेश २ को जनकपुरस्थित प्रादेशिक अस्पतालको लागि संघीय सरकारले एकथान पीसीआर मेसिन पठाएको छ । पीसीआर मेसिन काठमाण्डौंबाट मंगलबार साँझै जनकपुर आइपुगेपनि जडान हुन सकेको छैन । मेसिन जडान गर्न काठमाण्डौंबाट तीनजना प्राविधिक जनकपुर आएको बताइएको छ ।

कोरोना जाँच गर्न प्रादेशिक अस्पतालको ओपीडी भवनको तेस्रो तल्लामा पीसीआर मेसिन जडान गरिने छ । बुधबार अपरान्हबाट पीसीआर जडान कार्य सुरु भएको बताइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा.नागेन्द्र यादवले काठमाण्डौंबाट आएका प्राविधिकहरुले पीसीआर मेसिन इन्स्टल गर्ने क्रममा रहेको बताए । मेसिन जडान भइसकेपनि तत्काल कोरोना परीक्षण गर्न नसकिने उनको भनाइ छ । प्रादेशिक अस्पतालमा कोरोना जाँच गर्ने दक्ष प्राविधिक नरहेकोले विज्ञबाट तालिमको आवश्यक्ता रहेको उनको भनाइ छ ।

काठमाण्डौंबाट आएका प्राविधिकले प्रादेशिक अस्पतालका ल्याबमा कार्यरत प्राविधिकलाई प्रशिक्षण दिइसकेपछि मात्रकोरोनाजाँच सुरु हुने डा. यादवले बताए । उनले पीसीआर मेसिनसहित संघीय सरकारले पीपीई, ग्लोब्स, मास्कलगायतका सामग्रीहरु प्रादेशिक अस्पतालमा पठाएको जानकारी दिएका छन् ।

३४९ जना क्वारेन्टाइनमा

विभिन्न जिल्ला गरी प्रदेश २ मा हाल ३४९ जना क्वारेन्टाइनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले प्रदेशभित्र रहेको ८६ क्वारेन्टाइनमा ३४९ जना र १९ जना शंकास्पद आइसोलेनमा रहेको जानकारी दिए ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा ५, रौतहटमा ३, बारामा ८ र पर्सामा ३ जना ६ जना शंकास्पदको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित टेकु प्रयोगशाला पठाइएपनि सबैमा निगेटिभ देखिएको उनले बताए । झाका अनुसार प्रदेश २ मा हालसम्म कुनै शंकास्पदमा कोरोना पोजिटिभ देखिएको छैन् ।

र्देशनालयका अनुसार प्रदेश २ मा सबैभन्दा बढी सप्तरीमा १४७, सिरहामा ३४, धनुषामा २८, सर्लाहीमा ५७, रौतहटमा ६९ र बारामा १४ जना क्वारेन्टाइनमा रहेका छन् । महोत्तरी र पर्सामा भने कोहीपनि क्वारेन्टाइनमा नरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित: Apr 01, 2020| 18:48 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।