बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘र्‍यापिड टेस्ट किट प्रयोगअघि गुणस्तर निर्क्याेल हुनेछ’ 

‘र्‍यापिड टेस्ट किट प्रयोगअघि गुणस्तर निर्क्याेल हुनेछ’ 

सरकारले चीनबाट खरिद गरेको र्‍यापिड टेस्ट किटको प्रयोगअघि गुणस्तर निर्क्याेल गरिने जनाएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– सरकारले चीनबाट खरिद गरेको र्‍यापिड टेस्ट किटको प्रयोगअघि गुणस्तर निर्क्याेल गरिने जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षण गर्न प्रयोग गरिने किटको गुणस्तरियताबारे जनगुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत् यस्तो बताएको हो।

“सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगको लागि वितरण हुने हो,” मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा चीनबाट खरिद गरी ल्याइएका र्‍यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको जनाइएको छ।

यस्तै, मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा र्‍यापिड टेस्ट किट खरिदबारे भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना भाइरससँग सम्बन्धित समाचार पुष्टि गरेर मात्रै प्रकाशन तथा प्रशारण गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: Apr 01, 2020| 16:37 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।