बिहीबार, भदौ ४, २०८३

राहत वितरणमा विवाद हुँदा झडप

वीरगञ्जमा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। बुधबार महानगरपालिकाको वडा नम्बर–१९ विन्दवासीनीमा उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडप भएको हो। झडपमा परी करिब १५ जान घाइते भएका छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

वीरगञ्ज - वीरगञ्जमा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। बुधबार महानगरपालिकाको वडा नम्बर–१९ विन्दवासीनीमा उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडप भएको हो। झडपमा परी करिब १५ जान घाइते भएका छन्।

महानगरपालिकाको वडा नम्बर–१९ को विन्दवासीनी टोलमा ५ सय जना तथा बर्वाटोलमा २ सय जनालाई राहत दिने सहमति भएको थियो। तर, बर्वाटोलमा थप १० जनालाई राहत वितरण गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो।

झडपमा परी उपेन्द्र पक्षका तीन र प्रभु पक्षका १३ जना घाइते भएका छन्। उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 01, 2020| 15:28 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।