बिहीबार, भदौ ४, २०८३

'नागरिककाे स्वदेश फर्कन पाउने अधिकार नराेक'

अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारलाई आफ्ना नागरिक स्वदेश फर्कन पाउने हक उल्लंघन नगर्न आग्रह गरेको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं- अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारलाई आफ्ना नागरिक स्वदेश फर्कन पाउने हक उल्लंघन नगर्न आग्रह गरेको छ।

सरकारले कोरोना भाइरसको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउने प्रयासका क्रममा स्वदेश फर्कन लागेका नेपालीमाथि गरिएको कडाइमाथि आपत्ति जनाउँदै ह्युमन राइट्स वाचले यस्तो आग्रह गरेको हो।

न्यूयोर्क मुख्यालय रहेको उक्त संस्थाले भारत, खाडी देश र मलेसियामा नेपाली आप्रवासी कामदार कठिन परिस्थितिमा रहेको जनाएको छ।

कोरोना नियन्त्रणको प्रयासमा डेढ सातायता अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ । यस्तै नेपाल र भारतले आफ्ना स्थल सीमामार्फत हुने आवतजावत पनि बन्द गरेका छन्।

नेपालमा लकडाउनको अवस्था भएसँगै विदेशमा काम गरिरहेका तर रोजगारी गुमाएका नेपाली अलपत्र परेको ह्युमन राइट्स वाचको ठहर छ।

नेपाल सरकारले आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको उक्त अधिकारवादी संस्थाको आरोप छ।

नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनुले आधारभूत मानवअधिकारको उल्लंघन गर्ने उसको भनाइ छ।

ह्युमन राइट्स वाचले नेपाल सरकारलाई आफ्ना नागरिकलाई तत्कालै घर फर्कन दिन र विदेशमा रहेका आफ्ना नागरिकको रक्षा गर्न पनि भनेको छ।

प्रकाशित: Apr 01, 2020| 14:53 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।