बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ दिल्लीको धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

नयाँ दिल्लीको धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

भारतको राजधानी नयाँदिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भएर फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– भारतको राजधानी नयाँदिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भएर फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।

निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका ६ जनालाई प्रहरीले फेला परेको हो।

भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी ६ जनालाई घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टानमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिकल भारतीले जानकारी दिए।

“उक्त धार्मिक सभामा सप्तरीका ८ जना सहभागी भन्ने सुनिएको छ,” भारतीले भने, “फेला परेकाहरूलाई शाही कृष्ण मेडिकल कलेजको क्वारेन्टाइनमा पठाइएको छ, बाँकी दुई जनाको खोजी जारी छ।”

फेला परेकामध्ये तीन जना जिल्लाका ठूला व्यापारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू केही दिनअघि दिल्लीबाट फर्किएका थिए।

उक्त धार्मिक सभामा सहभागीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको र कतिपयको मृत्युसमेत भइसकेको छ। 

यस्तै, धार्मिक सभामा बाँकेका दुई जना पनि सहभागी भएको बुझिएको छ। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

सभामा सहभागी रौतहट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेको बुझिएको छ।

प्रकाशित: Apr 01, 2020| 14:16 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।