बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामी नजाँच्ने अस्पताललाई कारबाही गर्न सरकारको निर्देशन

बिरामी नजाँच्ने अस्पताललाई कारबाही गर्न सरकारको निर्देशन

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै बिरामी भर्ना गर्न नमान्ने निजी अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

जनकपुरधाम– प्रदेश २ सरकारले बिरामी नचाँच्ने निजी अस्पताल तथा नर्सिङ होमलाई कारबाहीको तयारी गरेको छ । निजी अस्पतालहरुले भर्ना गर्न नमानेपछि बिरामीको ज्यान जोखिममा पर्न गएको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै बिरामी भर्ना गर्न नमान्ने निजी अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

निजी अस्पताल तथा नर्सिङ होमहरुले बिरामीलाई आधारभूत सेवासमेत नदिई सामान्य चेकजाँच नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीसँग मानवोचित व्यवहार नगरी व्यावसायिक धर्मसमेत निर्वाह नगरेको गुनासाहरु आइरहेको भन्दै त्यस्ता अस्पताल र नर्सिङ होममाथि कारबाही गर्न मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

न्यूनतम व्यावसायिक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्वसमेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कारबाही प्रक्रिया अघि बढाउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा काननुमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

कोरोना महामारीका कारण आक्रान्त बनेको यस विषम परिस्थितिमा यस्ता घटनाहरु भइरहँदा राज्य मुकदर्शक बनेर नबस्ने उनले बताए ।

‘बिरामी जाँच नगर्ने अस्पताल तथा नर्सिङ होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कानुनअनुसार त्यस्ता संस्थाहरुको दर्ता खारेजीदेखि यस महामारी र लकडाउनको अवधिभर त्यस्ता निजी अस्पताल तथा नर्सिङहोमहरु नियन्त्रणमा लिई स्वास्थ्य सेवा सञ्चालन गर्न हामीले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छौं,’ मन्त्री यादवले नेपाल समयलाई भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिरामी नचाँच्ने अस्पताल तथा नर्सिङ होमहरुलाई जिल्लास्तरबाटै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । साथै माथिल्लो निकायको कार्यक्षेत्रको हकमा भने तत्काल सम्बन्धीत निकायसमक्ष कारबाहीको सिफारिस गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि मंगलबार प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट सुविधा लिएर बिरामी जाँच्न नमान्ने अस्पताल र नर्सिङहोमहरुलाई कारबाही गरिने चेतावनी दिएका थिए ।

कोरोना संक्रमणको त्रासमा कतिपय अस्पतालले सामान्य रुघाखोकी, ज्वरोको बिरामी भर्ना गर्न समेत मानेका छैनन् । अस्पतालहरुले उपचार गर्न नमानेपछि बिरामीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण फैलिइरहेको अवस्थामा आफूहरुसँग पीपीई लगायतका सुरक्षा उपकरणहरु नरहेको भन्दै कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गर्न नमानेको बताइएको छ ।

प्रकाशित: Apr 01, 2020| 13:37 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।