बुधबार, चैत ११, २०८२

घरलाई कोरोनाबाट सुरक्षित राख्ने उपाय

आफूलाई र घरपरिवारलाई सुरक्षित राख्न अपनाउन सकिने केही उपाय यहाँ प्रस्तुत गरिएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्ने सबैभन्दा उत्तम उपाय व्यक्तिगत दूरी कायम गर्नु हो। विश्व स्वास्थ्य संगठनले व्यक्तिगत दूरी कायम राख्न आग्रह गरेपछि अहिले विश्वका थुप्रै मुलुकमा बन्दाबन्दी (लकडाउन) गरिएको छ।

National life

बन्दाबन्दीको क्रममा अधिकांश मानिस आफ्नो घरभित्र बसिरहेका छन्। तर, एकाध दिन वा हप्ताभरी घरमै बस्न सम्भव हुँदैन। अत्यावश्यक सामग्रीको आवश्यकताले पनि घर बाहिर निस्कनुपर्ने हुन्छ। त्यसैले बाहिरबाट घर निस्किंदा वा फर्किसकेपछि के–के गर्ने? आफूलाई र घरपरिवारलाई सुरक्षित राख्न अपनाउन सकिने केही उपाय यहाँ प्रस्तुत गरिएको छ।

१. घरबाहिरबाट फर्किएपछि आफूले ल्याएका सामग्रीलाई डिस्इन्फेक्टेड गर्ने, त्यसको लागि निश्चित ठाउँ वा स्थान छुट्याउने। जहाँ मन लाग्यो त्यहाँ डिस्इन्फेक्टेड नगर्ने। 

२. बाहिर जाँदा लगाएका लुगा फेर्ने, फिर्ता ल्याएको पैसालाई कम्तिमा ४८ घण्टासम्म नछुने।

३. घरबाहिर जानुपर्दा जिउ ढाक्ने लुगा लगाएर जाने, किनमेलका लागि झोला आफैं लिएर जाने।

Laxmi sunrise bank
kumari

४. किनमेल गर्दा स्टोरको बास्केट प्रयोग नगर्ने, गर्नैपरे पहिले स्यानीटाइजरले पुछ्ने।

५. परिवारका सदस्यहरूले सामूहिक रुपमा प्रयोग गर्ने ढोकाको ह्यान्डल, रिमोट, फोन, बत्तीको स्विच डिस्इन्फेक्टेड गर्ने। डिस्इन्फेक्टेड गर्न सम्भव नभए हाइड्रोजन परोक्साइड वा इथानोलले पुछ्ने। 

६. अर्डर गर्दा ल्याइदिएको समानलाई सिधै नलिने। उनीहरूलाई ढोका बाहिर वा कुनै निश्चित स्थानमा राख्न लगाउने।

७. घरमा परिवार बाहेकका कसैलाई पनि आउन अनुमति नदिने।

८. सकभर लिभिङ रुम, वा भान्साकोठामा परिवारसँग कम समय बिताउने। आ–आफ्ना कोठामा बस्ने।

९. घरपालुवा जनावरको लागि छुट्टै ठाउँ व्यवस्था गर्ने, भौतिक सम्पर्कबाट टाढा रहने, छोइए वा छुनुपर्ने भए तत्कालै साबुन पानीले हात धुने।

१०. तौलिया, तन्ना, सिरकजस्ता सामग्री सामुहिक रुपमा प्रयोग नगर्ने।

स्रोतः सीएनएन

 

प्रकाशित: Apr 01, 2020| 13:43 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्