बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निम्न र मध्यम स्तरका देशका लागि कोष खडा गर्दै संयुक्त राष्ट्रसंघ

निम्न र मध्यम स्तरका देशका लागि कोष खडा गर्दै संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसले निम्त्याएको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसले निम्त्याएको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक तथा आर्थिक प्रभावबारेको रिपोर्ट ट्विटरमार्फत् सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन्।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना उनले औंल्याएका छन्। निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि उनले दिएका छन् ।

संयुक्त राष्ट्रसंघ गठन भएयताकै ठूलो परीक्षा कोरोना भाइरस भएको भन्दै महासचिव गुट्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने बताएका छन्। स्वास्थ्य सतर्कता अपनाउँदै महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई उनले आग्रह गरेका छन्।

प्रकाशित: Apr 01, 2020| 08:53 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।