शनिबार, असोज १७, २०८३

बजेट निकासा नगर्न महालेखाको परिपत्र

महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्ष २०७८–०७९को बजेट निकासा रोक्न परिपत्र गरेको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्ष २०७८–०७९को बजेट निकासा रोक्न परिपत्र गरेको छ। 

बिहीबारदेखि शनिबारसम्म तीन दिन तलबभत्ता र निवृत्तिभरण बाहेकका कुनै पनि बजेट निकासा नगर्न महालेखाले परिपत्र गरेको हो। महालेखा नियन्त्रक कार्यालयले बिहीबार कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईलाई परिपत्र गरेको हो।

बिहीबारदेखि शनिबारसम्म निकासा नगर्न–नगराउन भन्दै निकासा भएर बजेटमा परिवर्तन भई खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा गर्ने र निकासा गर्ने अधिकारी जिम्मेवारी हुने समेत परिपत्रमा उल्लेख गरिएको छ। महालेखा नियन्त्रण  कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने नकासा रोक्का गरिएको सम्बन्धमा आफलाई थाहा नभएको बताए।

‘मैले पनि सूचना पढ्न र बुझ्न पाएको छैन, बुझ्दैछु,’ उनले भने। सरकारले यसअघि गत १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्दै प्रतिस्थापन विधेयक ल्याउन आन्तरिक तयारी गरेकाले निकासा रोेक्का गरिएको अनुमान गरिएको छ। महालेखा नियन्त्रक  कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले हस्ताक्षर गरेको परिपत्रमा किन रोक्का गरिएको हो भन्ने बारेमा खुलाइएको छैन।


प्रकाशित: Sep 09, 2021| 13:41 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्