बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको महालक्ष्मी नगरपालिकाले नगरवासीलाई राहत दिने

ललितपुरको महालक्ष्मी नगरपालिकाले नगरवासीलाई राहत दिने

ललितपुरको महालक्ष्मी नगरपालिकाको ६८ औं बोर्ड बैठकले अनुमोदन गरेका तीन मापदण्डभित्र पर्ने नगरवासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

ललितपुरको महालक्ष्मी नगरपालिकाको ६८ औं बोर्ड बैठकले अनुमोदन गरेका तीन मापदण्डभित्र पर्ने नगरवासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नगरवासीमा कोभिड–१९को त्रास बढेसँगै उनीहरुमा खाद्य पदार्थको अभाव नहोस् भनी महालक्ष्मीले उक्त निर्णय गरेको हो ।

नगरपालिकाले पहिलो अतिविपन्न आम्दानीका, स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धौधौ भएका व्यक्ति वा परिवारलाई सम्बन्ध्ति वडाले प्रमाणित गरेपछि, दोस्रो सङ्गठित संस्थामा काम गर्ने मजदूरबाहेक नगरपालिकामा विगतदेखि काम गर्दै आएका व्यक्ति वा परिवार र तेस्रो अभिभावक नभएका, आफ्नो आय नभइ अरुको सहयोग र सहयातामा बस्नुपर्ने अनाथ व्यक्ति तथा आश्रितलाई राहत उपलब्ध गराउने निर्णय गरेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए।

उनले भने, “हामीले विदेशबाट आएका हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाएका छौं। आजसम्म कोही व्यक्ति पनि नगरपालिकामा कोरोना सङ्क्रमित देखिएका छैनन् । नगरपालिकामा रहेका अन्य रोगका बिरामीका लागि चाहिने औषधिको कमी छैन ।” वडा नं ८ लुभुमा प्रहरी, वडाध्यक्ष र विपत् व्यवस्थापन समितिका सदस्यको सहकार्यमा मङ्गलबार एलपी ग्यास वितरण गरिएको जनाइएको छ ।

नगरपालिकाले मङ्गलबार १० हजार मास्क वितरण गरेको छ । प्रत्येक वडामा एकएक हजारका दरले मास्क वितरण गरिएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताइन्।

यसैगरी ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले पनि दैनिक ज्याला मजदूरी गरी खाने वर्ग र विपन्नका लागि राहत प्रदान गर्न तथ्याङ्क सङकलन भइरहेको बताएका छन् ।

रासस

प्रकाशित: Apr 01, 2020| 08:30 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।