बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक अगुवाहहरुको अपिल– नेपालीलाई स्वदेश फर्किन देऊ

नागरिक अगुवाहहरुको अपिल– नेपालीलाई स्वदेश फर्किन देऊ

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदी र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विदेशमा तथा नेपाल भारत सीमामा रहेका नेपालीलाई स्वदेश फर्किन दिन अपिल गरेका छन् ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदी र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विदेशमा तथा नेपाल-भारत सीमामा रहेका नेपालीलाई स्वदेश फर्किन दिन अपिल गरेका छन् ।

मंगलबार जारी अपिलमा भनिएको छ, 'कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि हाल नेपाल बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ। बन्दाबन्दीमा जो जहाँ छन् त्यहीँँ बसिदिए राम्रो हो। तर विदेशमा दैनिक ज्यालादारीमा बाँच्ने मजदूरलाई ठेकेदारले घर जाऊ भनेपछि, उनीहरूसँग देश फर्किनुको विकल्प रहँदैन।

नेपाल भारत सीमा क्षेत्रमा सयौँको संख्यामा नेपालीहरू अलपत्र परेका खबरहरू आएका छन्। जुनसुकै अवस्थामा भए पनि नेपालभित्र पस्न, बस्न र जीवन यापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार हो। नेपालीलाई ‘देश निकाला’ गर्ने संवैधानिक र नैतिक हक कसैसँग छैन।

यो कुरालाई नेपाल सरकारले चीनको हुवानमा रहेका नेपालीहरूलाई आफ्नो विमान पठाएर स्वदेश ल्याएबाट र युरोप, अष्ट्रेलिया र अमेरिका लगायतका देशहरूले आफ्नो नागरिकलाई विशेष विमान पठाएर स्वदेश फिर्ता लगेबाट पनि प्रष्ट हुन्छ।

आफ्नो नागरिकको जीवन र स्वास्थ लगायतको हकको संरक्षण गर्नु राज्यको दायित्व हो। विदेशमा नै सुरक्षा र स्वास्थ्यको रक्षा गर्न खोजेको हो भने त्यो व्यक्तिको आत्मसम्मान र अन्तर्निहित अधिकारको विरूद्ध हुन्छ।

तसर्थ, सीमावर्ती इलाकामा रोकिएका सबै नेपालीलाई नेपाल प्रवेश गर्न दिन हामी नेपाल सरकारसँग जोडदार अपील गर्न चाहन्छौँ। नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको भनिए पनि त्यो पालना नभएको देखिएको छ।

नेपाल प्रवेश गरेपछि सबैको परिक्षण गर्ने र आवश्यक परे क्वारेण्टिनमा राख्ने जिम्मा नेपालको हो, जसका लागि सीमा क्षेत्रमा सरकारले युद्धस्तरमा व्यवस्था गर्नु पर्ने देखिन्छ।

तयारी गर्ने जनशक्ति पर्याप्त नभए यस्तो अवस्थामा सुरक्षा निकायका सदस्यहरू पनि परिचालन गर्नु पर्ने हुन्छ। तर नेपालीलाई नेपाल आउनबाट रोक्न मिल्दैन।'

प्रकाशित: Mar 31, 2020| 17:01 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।