बिहीबार, भदौ ४, २०८३

प्रहरीले बाँड्यो खाद्य सामग्री

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पहलमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पहलमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ।

विभिन्न बैंकसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्ति तथा ज्यालामजदुरी गरी गुजारा चलाउने विपन्नलाई खाद्य सामग्री वितरण गरिएको हो।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका कारण त्यस्ता व्यक्तिलाई छाक टार्न कठिन भइरहेकाले खाद्यान्न वितरण गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।

मानव कल्याण समाज झौखेल भक्तपुरमा आश्रित ६३ जना फरक क्षमता भएका, असहाय, हनुमन्ते कोरिडोर ठिमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको हो।

यसअघि पोखरेलको अगुवाइमा एनआईसी एसिया बैंकको सहकार्यमा सामाखुसीस्थित मानव सेवा आश्रमलाई निःशुल्क खाद्य सामग्री वितरण गरेका थिए।

प्रकाशित: Mar 31, 2020| 15:56 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।