बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्समा मोटरसाइकल ठोक्किँदा युवतीको ज्यान गयो

एम्बुलेन्समा मोटरसाइकल ठोक्किँदा युवतीको ज्यान गयो

बाँकेको कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

बाँके-बाँकेको कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–११ मा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृत्यु हुनेमा कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट छिन्।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्स र से५प ४८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू सामान्य घाइते छन्।

प्रकाशित: Mar 31, 2020| 15:42 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।