काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिइरहँदा विश्वभरका मानिसहरुलाई एकआपसमा दूरी कायम गर्न भनिएको छ। हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने जस्ता एकअर्कालाई छोएर गरिने अभिवादन अहिले बन्द छन्। यो अवस्थामा नेपाल, भारत लगायतका देशमा गरिने नमस्कार चर्चित छ।
एकअर्कालाई नछोएरै गरिने अभिवादनका ‘हाइजेनिक’ तरिकाहरुः
नमस्ते वा नमस्कार
नेपाल, भारत र भूटनाको पारम्परिक संस्कृतिमा हात जोडेर अभिवादन गरिन्छ। हात जोडदा नमस्ते वा नमस्कार वा अरु केही शब्द भन्ने स्थानीय संस्कृतिमा भर पर्छ।
सलाम
यो भारतीय इस्लाममा अभिवादनको एउटा तरिका हो । नेपाल, बांग्लादेश र पाकिस्तानको मुसलमान समुदायमासमेत यस्तो अभिवादनको पनि चलन छ। अरबी देशहरुमा अंगालो हालेर वा हात या गालामा चुम्बन गरेर एकअर्काको अभिवादन गर्ने चलन छ। तर भारतीय मुसलमान समुदायमा शिर थोरै निहुर्याएर हातलाई निधारको नजिक लगेर सलाम गरिन्छ।
वाई
थाइल्याण्डमा नछोएरै गरिने अभिवादनको तरिका हो यो। वाईमा नमस्कारको मुद्रामा हात जोडिन्छ र विस्तारै शिर झुकाएर जोडिएका हातलाई निधारले छोइन्छ। यो तरिकाले थाई संस्कृतिमा बौद्ध र हिन्दू संस्कृतिको प्रभावलाई देखाउँछ।
निहुरिएर अभिभावदन
जापानमा कम्मरलाई हल्का मोडेर र शिर झुकाएर अभिवादन गरिन्छ। यसक्रममा कुनै शब्द उच्चारण गरिंदैन । यो तरिका सातौं शताब्दीमा चीनबाट जापान आएको मानिन्छ।