बिहीबार, भदौ ४, २०८३

कोरोना संक्रमित युवती बोक्ने गाडीचालक घरमै

बागलुङमा कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कर्पियो गाडीका चालकको पहिचान खुलेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- बागलुङमा कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कर्पियो गाडीका चालकको पहिचान खुलेको छ।

खरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक घरमै सेल्फ–क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ। उनलाई स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ।

युवतीलाई गत शनिबार कोरोना संक्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म लैजाने गाडी चालकको खोजी थालिएको थियो। चालक आइतबार जनप्रतिनिधिको सम्पर्कमा आएका थिए।

आइतबार नै परीक्षणका लागि पोखरा लगिएका चालकमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो। 

स्थानीयले भने उनकोे स्वाब परीक्षण गर्न माग गरेका छन्। गत चैत ४ गतेपछिको समय ती चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको पोखरा २५ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले जानकारी दिए।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी घर पठाएको बताए।

प्रकाशित: Mar 31, 2020| 15:51 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।