बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रवेशमा रोक लागेपछि दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र

नेपाल प्रवेशमा रोक लागेपछि दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र

भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाइएपछि कञ्चनपुरको दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र परेका छन्। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाई गरेपछि नेपालीहरु दशगजा क्षेत्रमा अलपत्र परेका हुन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

धनगढी – भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाइएपछि कञ्चनपुरको दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र परेका छन्। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाई गरेपछि नेपालीहरु दशगजा क्षेत्रमा अलपत्र परेका हुन्।

सशस्त्र प्रहरीले नेपाल प्रवेशमा रोक लगाएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेको पत्रकार पुष्कर भट्टले जानकारी दिए।

भारतको उत्तराखण्डका विभिन्न शहरबाट तीन दिन पैदल हिडेर सीमा क्षेत्रमा पुगेका नेपालीहरु सोमबार बेलुकी देखि सीमा क्षेत्रमा अलपत्र परेका छन्। सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले गृह मन्त्रालयको आदेश अनुसार उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए।

प्रकाशित: Mar 31, 2020| 14:12 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।