बिहीबार, भदौ ४, २०८३

मानव अधिकार आयोगले २ करोड सरकारलाई फिर्ता गर्ने

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक खर्च तथा अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जनाएको छ।

त्यसका लागि विनियोजित बजेट मध्ये दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगले उक्त रकम कोरोना भाइरसको नियन्त्रण र रोकथाममा प्रयोग गर्न सरकारलाई आग्रह गरेको छ। साथै आयोगले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न सबैलाई अपील गर्दै सरकारलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित: Mar 31, 2020| 13:56 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।