बिहीबार, भदौ ४, २०८३

पोखरामा आजदेखि कोरोना परीक्षण

पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

पोखरा- पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ। परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको विज्ञ टोली आएसँग यहाँ कोरोना परीक्षण हुन लागेको हो।

परीक्षण मेसिन पोखरास्थित पोखरा स्वास्थ्य विज्ञानको प्रयोगशालामा जडान गरिएको छ। मेसिनले आजैदेखि कोरोना भाइरस जाँच सुरु हुने प्रतिष्ठानले जनाएको छ।

संघीय सरकारले पठाएको प्राविधिक टोलीसहित पीसीआर मेसिन मंगलबार बिहान पोखरा आइपुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए। 

प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको निर्देशक शर्माले जानकारी दिए। 

मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ। यो मेसिनबाट दैनिक १५ वटासम्म परीक्षण गर्न सकिन्छ।

प्रकाशित: Mar 31, 2020| 14:05 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।