बुधबार, चैत ११, २०८२

लकडाउनमा बालबालिकालाई के सिकाउने ?

बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध सामग्री शिक्षण सिकाइका लागि उपयोगी हुने देखिन्छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं-कोरोना भाइरसबाट उत्पन्न विषम परिस्थितिका कारण विद्यालय बन्द छन्। बालबालिकाको पठनपाठन अवरुद्ध छ। कतिपय त अन्तिम परीक्षा सकेर बिदामा बसेका छन्।

National life

एसईई लगायतका कतिपय परीक्षा अनिश्चितकालका लागि स्थगन छ। परीक्षा कहिले हुने हो कुनै टुंगो छैन। लकडाउनको समय लम्बिएको छ। यस बेला बालबालिकाको पढाइ अवरुद्ध हुन नदिन अभिभावकले विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ।

बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध सामग्री शिक्षण सिकाइका लागि उपयोगी हुने देखिन्छ।

अचेल धेरैसँग इन्टरनेटको पहुँच छ। त्यसैले बेवसाइटका सामग्री पनि बालबालिकाका लागि उपयोगी हुन सक्छन्।

अप्ठेरो परिस्थितिमा रहेका बेला सिकाइलाई सहजीकरण गर्ने जिम्मेवारी अभिभावकको पनि हो। त्यसैले निम्न लिखित वेबसाइटबाट सामग्री लिएर बालबालिकालाई सहज बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

1. Virtual Class of All Compulsory Subjects (Class 9-10):    https://www.youtube.com/ncedvirtual

2. Grades 6-8 English, Math, Science content:         https://moest.himalayantechies.com

3. E-Paath - Digital Learning Activities :                    https://pustakalaya.org/epaath/

4 Children's Stories and Games :                              https://egr.pustakalaya.org/ 

5 Children's Books:                                                    https://pustakalaya.org/balpaathmala/ 

6. E-Pustakalaya - Free and Open Digital Library:    https://pustakalaya.org/

7. https://moecdc.gov.np/ 

प्रकाशित: Mar 31, 2020| 13:32 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्