शुक्रबार, चैत ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सयौं नेपालीले सीमापारि मशानघाटमा रात बिताए, अहिलेसम्म सबै स्वस्थ

सयौं नेपालीले सीमापारि मशानघाटमा रात बिताए, अहिलेसम्म सबै स्वस्थ

भारतीय पत्रकारका अनुसार सयौं नेपालीले भोक–भोकै सीमापारी धार्चुलाको कान्जी हाउस र श्मशानघाटको विश्रामगृहमा रात विताएका छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- सयौं नेपालीले भोक–भोकै सीमापारी धार्चुलाको कान्जी हाउस र मशानघाटको विश्रामगृहमा रात बिताएको एक भारतीय पत्रकारले बताएका छन्।

National life

नेपालमा लकडाउन भएपछि करिब ८०० नेपाली तीन दिनदेखि महाकाली सीमा पारी उत्तराखण्डको धार्चुलामा फसेका छन् । दार्चुला जिल्ला प्रशासनले केन्द्रको अनुमति नभएको भन्दै उनीहरुलाई नेपाल प्रवेश गर्न दिएको छैन।

स्वदेश फर्कन नपाएर हतास र आक्रोशित कैयौं नेपालीले पुलपारीबाट नेपाली अधिकारीविरुद्ध नाराबाजी गर्दै ढुंगासमेत हानेका थिए। भारतीय पत्रकार विवेक मिश्राका अनुसार उनीहरुले कान्जी हाउस (छाडा पशु राख्ने ठाउँ) र मशान घाटको विश्राम गृहमा भोकै रात बिताएका छन्।

धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाका अनुसार पुल छेउमा करिब ८०० नेपाली छन्।

सीमामा स्थिति अनियन्त्रित हुन थालेपछि अहिले नेपाली श्रमिकलाई स्थानीय व्यक्ति र संस्थाले राशन उपलब्ध गराउन थालेका छन्। एसडीएम शुक्लाको दाबी अनुसार सोशल डिस्टेन्सिङलाई ध्यानमा राख्दै उनीहरुको स्क्रिनिङ पनि गरिएको छ। यो समूहका कोही पनि नेपाली अहिलेसम्म अस्वस्थ्य नभएको उनले जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

नेपाली श्रमिकहरुमध्ये केहीलाई धार्चुलामै र अन्यलाई दुई समूह बनाएर दुई बेग्ला बेग्लै स्थानमा राख्ने तयारी भइरहेको छ।

उनीहरु सुदूरपश्चिमका जिल्लाबाट उत्तराखण्डका विभिन्न स्थानमा काम गर्न गएका श्रमिकहरु हुन् ।

भारतमा लकडाउनका कारण ठेकेदारले फिर्ता गरिदिएपछि उनीहरु स्वदेश फर्कंदै थिए। उनीहरु भारतका विभिन्न स्थानबाट कैयौं दिनको हिँडाइपछि सीमासम्म आइपुगेका हुन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार दुई देशबीच लकडाउन अवधिभर कसैलाई पनि सीमा वारपार गर्न नदिने सहमति भएकोले पनि नेपाली श्रमिकलाई आउन नदिइएको हो। उनले नेपालीहरुको अवस्थाबारे भारतीय अधिकारीहरुसँग कुरा भएको पनि बताएका छन्।

यद्यपि, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सीमामा अलपत्र नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी आउन दिने निर्णय गरेको थियो। तर, उक्त निर्णय जिल्लासम्म पुगेको छैन।

यसअघि केही नेपालीहरु महाकाली नदीमा हेलिएरै नेपालतर्फ आएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रहेका सयौं नेपालीलाई आवश्य प्रक्रिया पूरा गरेर तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन्।

प्रकाशित: Mar 31, 2020| 12:30 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।