बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरमा मृत्यु भएका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ, एकको आउन बाँकी

वीरमा मृत्यु भएका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ, एकको आउन बाँकी

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको छ।

दुईमध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको वीर अस्पतालका कोरोना सम्बन्धी फोकल पर्सन डा. विधाननिधि पौडेलले जानकारी दिए ।

आईसीयूमा राखेर उपचार गरिएका बिरामीको रिपोर्ट नेगेटिभ आएको हो।

मृत्यु हुनेमा भारतबाट फर्किएका ३५ वर्षीय पुरुष र काठमाडौं नैकापकी ४० वर्षीया महिला छन्। पुरुषको सोमबार र महिलाको आइतबार अस्पतालको आकस्मिक कक्षमा ज्यान गएको थियो।

अस्पतालले पुरुषमा श्वासप्रश्वाससम्बन्धी समसस्या देखिएको जनाएको थियो। दुवैमा कोरोनाको लक्षण देखिएकाले स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।

यसअघि कोरोना संक्रमणकै कारण मृत्यु भएको भनिएका बुटवलका एक युवकको पनि रिपोर्ट नेगेटिभ आएको थियो।

प्रकाशित: Mar 31, 2020| 12:25 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।