बिहीबार, भदौ ४, २०८३

२०७७ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक

सरकारले नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, इद, छठ, क्रिसमस डे, उधौलीलगायतमा पर्व बिदा दिएको छ ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ। २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयका लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरिएकाे हाे।

सरकारले नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, इद, छठ, क्रिसमस डे, उधौलीलगायतमा पर्व बिदा दिएको छ।

महिला कर्मचारीका लागि तीज र जितिया पर्वमा बिदा दिइएको छ ।

वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ। बिदाकाे सूचीमा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा छन्। 

त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिइएको छ।

सार्वजनिक बिदाको सूची ः

प्रकाशित: Mar 31, 2020| 11:13 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।