बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसबाट नवजात शिशु मृत्युको अमेरिकामा पहिलो घटना

कोरोना भाइरसबाट नवजात शिशु मृत्युको अमेरिकामा पहिलो घटना

कोरोना भाइरसका कारण पहिलो पटक कुनै नवजात शिशुको मृत्यु भएको छ।
 |  मंगलबार, चैत १८, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

vianetvianet

कोरोना भाइरसका कारण पहिलो पटक कुनै नवजात शिशुको मृत्यु भएको छ।

अमेरिकाको शिकागो सहरका ती शिशुको कोभिड– १९ संक्रमणका कारण मृत्यु भएको इलिनोय राज्यका जनस्वास्थ्य निर्देशकले पुष्टी गरेका छन्।

नवजात शिशु भनिए पनि वास्तविक उमेर भने खुलाइएको छैन।

यसअघि चीनमा कोरोना संक्रमणका कारण एक वर्षभन्दा कम उमेरको एक शिशुको मृत्यु भएको थियो । तर, उक्त शिशुमा स्वास्थ्य सम्बन्धी अन्य समस्या पनि रहेको बताइएको थियो।

जनसंख्याका हिसाबले विश्वको तेस्रो ठूलो देश अमेरिका नराम्रोसँग कोरोना भाइरसको चपेटमा परेको छ।
समृद्धिको प्रतीक मानिने न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै भएको छ। न्यूयोर्कमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ६० हजार नाघेको छ भने मृतकको संख्या १२०० नाघेको छ।

अमेरिकाभर संक्रमितको संख्या १ लाख ६० हजार पुगेको छ भने मृतकको संख्या ३ हजार नाघेको छ। विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ।

अमेरिकाले न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट जस्ता सहरलाई अझै पनि लकडाउन गरेको छैन। मानिसहरुलाई यि तीन राज्यमा बिना कारण नजान भने चेतावनी दिइएको छ।

फ्लोरिडा राज्यमा प्रतिवन्धका बावजुद १८ मार्चमा मियमी बीचमा सयौं छात्रले स्प्रिंग ब्रेक पार्टी गरेका थिए। पार्टीमा सहभागी ४० वर्षीय एक व्यक्तिको गएको शुक्रबार कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।

प्रकाशित: Mar 31, 2020| 11:00 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।