बिहीबार, भदौ ४, २०८३

ग्यास पाइएन ? यी नम्बरमा फोन गर्नुस्

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने ग्यास नपाएका उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने ग्यास नपाएका उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो । ‘अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ, उनले भने, ‘सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरुसँग ग्यास खरीद गरेर आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ।’

लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर आज टेकुमा रहेको आयल निगमको कार्यालयवाट ग्यास वितरणको तयारी थालिएको प्रवक्ता उपाध्यायले जानकारी दिए। उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी, असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ ।

त्यस्तै किरिया बसेको घर, बालगृह, पुनर्उत्थान केन्द्र, सुधारगृह, कारागार, निःशुल्क भोजन गराउने संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ ।

ग्यास नभएको गुनासो राख्न निगमले पाँच सम्पर्क नम्बर तोकेको छः ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३

प्रकाशित: Mar 31, 2020| 10:41 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।