बाँके– लकडाउनका कारण अलपत्र १२८ श्रमिकको बारबर्दिया नगरपालिकाले कोहलपुरबाट उद्धार गरेको छ ।
नगरपालिकाबाट काम गर्न गएका श्रमिक विभिन्न आयोजना बन्द भएपछि अलपत्र परेका थिए।
गत मङ्गलबारदेखि लकडाउन भएपछि सबै काम ठप्प भएकाले आयोजना र कम्पनीले मजदूरलाई घरसम्म पु¥याउने भने पनि बाँकेको कोहलपुरमा ल्याएर अलपत्र छाडिदिएको थियो।
अलपत्र श्रमिकले खबर गरेपछि उद्धार गरी ल्याइएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु कबिरले जानकारी दिए।
उनले उद्धार गरिएका सबैलाई मास्क दिइएको र सबैको यात्रा विवरण लिइएको बताए ।
त्यस्तै स्वास्थ्यजाँच र काउन्सिलिङ गरी ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको उनको भनाइ छ। रासस