हुम्ला– हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी घर पुगेका छन्।
सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा यो महिनाभरिको हाजिर गरिसकेका छन्।
सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिए पनि हुम्लामा ठिक त्यसको उल्टो भएको छ।
अहिले डाडाफया स्वास्थ्यचौकीमा करारमा खटिएकी एक अनमी मात्रै छन्।
स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी छ।
८ चैतदेखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मी कार्यालयमा पुगेका छैनन्। रासस