बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरि नगरपालिकाले अलपत्र विद्यार्थी र मजदुरलाई घर पुर्याइदिने

चन्द्रागिरि नगरपालिकाले अलपत्र विद्यार्थी र मजदुरलाई घर पुर्याइदिने

नगरपालिकाले ‘लकडाउन’का कारण अलपत्र परेका विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पु-याउने व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाले ‘लकडाउन’का कारण अलपत्र परेका विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो।

नगर प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीलाई घर नजिकको राजमार्गसम्म पु-याउन गाडीको व्यवस्था गर्ने निर्णय गरिएको जानकारी दिए।

नगरपालिकाले घर जान मन गरेका विद्यार्थी तथा मजदुरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । रासस

प्रकाशित: Mar 31, 2020| 07:52 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।