बिहीबार, भदौ ४, २०८३

टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सोमवार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सोमवार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ ।

सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति तय गरेको हो ।

यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मिति अनुसार टोकियो ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म चल्ने ओलम्पिक समितिले जनाएको छ । त्यसैगरी पारालम्पिक प्रतियोगिता सन् २०२१ कै अगस्ट २४ देखि सेटेम्वर ५ सम्म हुने तय गरिएको छ ।

यसअघि टोकियो ओलम्पिक यसैवर्षको जूलाई २४ देखि अगस्ट ९ सम्म र पारालम्पिक यसैवर्षको २५ अगस्ट देखि ६ सेटेम्वरसम्म हुने गरी निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जारी गरेको वक्तव्यमा विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलाडी, दर्शक, खेल पदाधिकारी, आयोजक र सहयोगीको स्वास्थ्यलाई ध्यान दिदै प्रतियोगिता अर्को वर्षलाई सार्नु परेको उल्लेख गरिएको छ ।

प्रतियोगिता यस वर्ष आयोजना गर्न टोकियोमा तयारीका धेरै कामहरु धमाधम भैरहेका थिए । तर केही समयदेखि तयारीका ती कामहरु कोरोना भाइरसका कारण अवरुद्ध भएकाले प्रतियोगिता अर्को वर्षलाई सार्नुपर्ने वाध्यता सृजना भएको हो ।
रासस

प्रकाशित: Mar 30, 2020| 21:35 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।