बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबारे अफवाह फैलाउने १७ अनलाइन प्रेस काउन्सिलद्वारा बन्द

कोरोनाबारे अफवाह फैलाउने १७ अनलाइन प्रेस काउन्सिलद्वारा बन्द

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने गरी समाचार प्रकाशन गर्ने विभिन्न १६ वटा अनलाइनलाई प्रेस काउन्सिल नेपालले बन्द गराएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने गरी समाचार प्रकाशन गर्ने विभिन्न १६ वटा अनलाइनलाई प्रेस काउन्सिल नेपालले बन्द गराएको छ।

सञ्चारमाध्यमहरुको आचार संहिताबारे अनुगमन गर्ने निकाय प्रेस काउन्सिलले व्यवसायिक धर्मविपरीत झुठा समाचार प्रकाशन गरी नागरिकमाथि भ्रम सिर्जना गर्ने अरु ३६ वटा अनलाइनसँग स्पष्टिकरणसमेत सोधेको छ।

पटकपटक स्पष्टिकरण सोध्दा पनि पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने गरी समाचार प्रकाशन गरिरहेपछि त्यस्ता अनलाइनहरुलाई नेपालमा खुल्न नसक्ने गरी बन्द गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई सिफारिस गरिएको काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए।

बन्द गराइएका अनलाइनहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्युको वास्तविक कारण नखुल्दै कोरोना भाइरसकै कारण मृत्यु भएको, संक्रमित भएको, नेपाल, चीन या अन्य देशमा कोरोनाको औषधि पत्ता लागेको जस्ता शीर्षकमा समाचार प्रवाह गरेर गलत सन्देश छर्दै समाजमा झन् भय र भ्रम सिर्जना गरेको प्रेस काउन्सिलको ठहर छ।

गलत सूचना प्रवाह गरी पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही कसैका बारेमा पनि समाचार सम्प्रेषण गर्न नहुने काउन्सिलले जनाएको।

यी हुन् काउन्सिलले नेपालमा नखुल्ने गरी बन्द गराएका अनलाइनहरु

 

प्रकाशित: Mar 30, 2020| 20:59 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।