भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयको लुम्बिनी विकाष कोष परिसरभित्र रहेको होस्टलमा क्वारेन्टाइन बनाइएको छ । विश्वविद्यालयको उक्त होस्टलमा ५० शैया भएको क्वारेन्टाइन बनाइएको विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचर्यले बताए ।
उक्त क्वारेन्टाइनको व्यवस्थापन लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्ने भएको छ । होस्टलमा तयार गरिएको क्वारेन्टाइनमा खाना, आवास, सरसफाईको व्यवस्थापन नगरपालिकाले र सुरक्षाको जिम्मा नेपाली सेनाले गर्ने सोही क्षेत्रबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले बताए ।