बिहीबार, भदौ ४, २०८३

पत्रकारका लागि राहत घोषणा गर्न युनियनको माग

नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि पनि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं- नेपाल प्रेस युनियनले सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि पनि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे सजग भएर केही सञ्चारमाध्यम बन्द हुँदा श्रमजीवी पत्रकारलाई जीवन गुजारा गर्न कठिन भएको भन्दै युनियनले राहत प्याकेज घोषणाको माग गरेको हो।

भाइरसको सन्त्रासले गर्दा मिडिया क्षेत्रमा पनि ठूलो असर परेको भन्दै युनियनले न्यूनतम पारिश्रमिकमा काम गर्ने श्रमजीवी पत्रकारहरुको चुलोसमेत बल्न नसक्ने अवस्था उत्पन्न भएको जनाएको छ।

‘जीवनलाई नै जोखिममा राखेर नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्न दिनरात नभनी सञ्चारकर्मी खटिएकाले उनीहरुको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै सहुलियत पुग्ने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछौं’, युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

अहिले बन्द भएका सञ्चारमाध्यमलाई माथि उकास्न कठिन हुने भन्दै युनियनले विशेष आर्थिक प्याकेज तयार गर्दै त्यसमा नवीकरण र कर छुटसमेत समावेश गर्न माग गरेको छ।
युनियनले महामारीको यस विषम परिस्थितिमा आफू सुरक्षित रहँदै सत्यतथ्य सूचना सम्प्रेषण गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

 

प्रकाशित: Mar 30, 2020| 13:50 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।