बिहीबार, भदौ ४, २०८३

विदेशबाट आएकालाई जाँच्न घरघरमै स्वास्थ्य टाेली

उदयपुरको बेलका नगरपालिकाले वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

इटहरी-उदयपुरको बेलका नगरपालिकाले वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ।

होम क्वारेन्टाइनमा बसेका ८९ जनाको ज्वरो जाच्ने, सेनिटाइजर दिने र डिस्फेक्सन गरिरहेको नगरपालिकाले जनाएको छ। बेलका नगरपालिका-७ का अध्यक्ष सुरेन्द्र राईले सोमबार ७ र ८ वडामा स्वास्थ्य परीक्षण गरिएको बताए।

नगरपालिकाका मेयर दुर्गाबहादुर थापाका अनुसार नगरमा वैदेशिक रोजगारीबाट आएका ८९ जनाको लगत राखिएको छ। तीमध्ये ८१ पुरुष र ८ महिला छन्। उनीहरुको घरमै पुगेर जाँच गरिएको मेयर थापाले नेपाल समयलाई बताए।

उनीहरुको स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले विभिन्न ६ स्वास्थ्य संस्थाको टोली परिचाला गरेको छ। त्यसमा स्थानीय जनजनप्रतिनिधि र सरोकारवाला समूहले समन्वय गरिरहेका छन्।

मेयर थापाले भने, 'हामीसँग भएको १२ पीपीए, १ सेन्सर र डिस्फेक्सन लिक्विड लिएर हामी सक्रिय छौं। तापक्रम नाप्ने देखि सेनिटाइजर वितरण गर्दै आएका छौं।' 
यसअगाडि बेलकाले नगराबासीलाई स्थानीय जनशक्तिबाट उत्पादन गरिएको मास्क वितरण गरेको थियो। ४० जना अटाउने इमर्जेन्सी क्वारेन्टाइन तयार पारेकाे नगरले ह्यान्ड सेनिटाइजर पनि उत्पादन गरेको छ।

रक्सी, डिस्टिल्ड वाटर, ग्लिसिरोल र हाइड्रोजल पेरिअक्साइडबाट बनाइएकाे सेनिटाइजर ५०० लिटरभन्दा बढी उत्पादन गरेर हरेक वडामा पठाइएको मेयर थापाले बताए। उनले भने, 'अहिलेसम्म बेलका नगरपालिकामा एउटा पनि संक्रमणको केस आएको छैन। हामीले सम्भावित जोखिममा सचेत हुँदै स्थानीय स्तरबाट सकेको काम हामी गरिरहेका छौं।'

प्रकाशित: Mar 30, 2020| 13:36 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।