बिहीबार, भदौ ४, २०८३

एक साता थपियो लकडाउन, उल्लंघन गरे ६ महिना कैद

सरकारले गत साता लागू गरेको देशव्यापी बन्दाबन्दी (लकडाउन) एक साता थप्ने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सरकारले गत साता लागू गरेको देशव्यापी बन्दाबन्दी (लकडाउन) एक साता थप्ने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। आजको निर्णयसँगै चैत २५ गते मंगलबार १२ बजेसम्मका लागि मुलुक लकडाउन हुनेछ।

लकडाउन थप्ने निर्णयसँगै सरकारले भारत या तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बिना काम सडकमा हिँड्‍नेलाई कडा कारबाही गर्ने निर्णय पनि गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।

क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ। उक्त ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा हुने व्यवस्था ऐनमा छ।

प्रकाशित: Mar 29, 2020| 21:06 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।