काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण उपचार कोषमा १ करोड ५० रुपैयाँ नगद तथा सामग्री सहयोग गरेको छ ।
आइतबार महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किरण श्रेष्ठ, उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष पशुपति मुरारकाको टोलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर महासंघको तर्फबाट ५९ लाखको चेक हस्तान्तरण गरेको थियो।
त्यस्तै महासंघले ९१ लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री दिने बचन दिएको छ । महासंघले कोरोनाका कारण भएको लकडाउनले काम विहिन भएका श्रमिकहरुलाई खाद्यान्न पनि उपलव्ध गराउने आइतबार विज्ञप्ति जारी गरी बताएको छ ।
महासंघले कतिले जागिर गुमाए भनेर श्रमिकको लगत संकलन गरिरहेको र विवरण आएपछि कसरी अगाडि बढ्ने भन्नेबारे कार्ययोजना बनाउने जनाएको छ । यसअघि महासंघले सरकारलाई दश हजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो ।