बिहीबार, भदौ ४, २०८३

सीमामा अलपत्र ६४ नेपालीको उद्धार

कैलालीको सीमावर्ती भारतीय गौरिफन्टा सीमानाकामा अलपत्र ६४ जनाको उद्धार गरिएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

धनगढी– कैलालीको सीमावर्ती भारतीय गौरिफन्टा नाकामा अलपत्र ६४ जनाको उद्धार गरिएको छ।

धनगढी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा अलपत्र नेपालीको उद्धार गरिएको हो।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार उद्धार गरिएकामा धनगढीका १२, गौरीगंगा नगरपालिकाका ११, टीकापुरका ७ तथा लम्की–चुहा, घोडाघोडी, जानकी, भजनीका १–१ जनाको उद्धार गरिएको छ।

यस्तै, बाँकेका १५ जनालाई उद्धार गरेर सम्बन्धित ठाउँमा पठाइएको उपमहानगरले जनाएको छ। उनीहरूलाई सम्बन्धित ठाउँमा नै क्वारेन्टाइनमा राख्ने गरी पठाइएको छ। त्यसैगरी सीमामा रहेका डोटीका ४, बाजुराका १३ तथा बैतडी, अछाम र डडेलधुराका १–१ जनालाई सम्बन्धित जिल्लामा नै क्वारेन्टाइनमा राख्नेगरी पठाउने तयारी भइरहेको छ।

धनगढीका १२ जनालाई त्यहाँको क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित: Mar 29, 2020| 17:07 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।