बिहीबार, भदौ ४, २०८३

कोरोनाबारे जानकारी दिन वेबसाइट र एप्स

सरकारले कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी जानकारी दिन वेबसाइट र एप्स सञ्चालन गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी जानकारी दिन वेबसाइट र एप्स सञ्चालन गरेको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतबार वेबसाइट र एप्सको शुभारम्भ गरेका हुन्।

मन्त्रालयले covid19.mohp.gov.np नामक वेबसाइट र ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

शुभारम्भ कार्यक्रममा मन्त्री ढकालले वेबसाइटमार्फत हव अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेसन र अवस्थाको जानकारी दिइने बताए। वेबसाइट र एप्समार्फत कोरोनाको लक्षणबारे जानकारी लिन सकिने उनले बताए।

यसअघि सरकारले कोरोनाबारे जानकारी दिन भाइबर कम्युनिटी सञ्चालन गरेको थियो। मन्त्रालयका अनुसार covid19.mohp.gov.np नामक वेबसाइटबाट एप्स डाउनलोड गर्न सकिनेछ।

प्रकाशित: Mar 29, 2020| 16:29 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।