बिहीबार, भदौ ४, २०८३

कोरोना कोषमा नायिका वर्षा सिवाकोटीको १ लाख

नायिका वर्षा सिवाकोटीले सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोषमा १ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- नायिका वर्षा सिवाकोटीले सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोषमा १ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी छन्।

नायिका सिवाकोटीले आइतबार सामाजिक सञ्जालमार्फत् आफूले सरकारी कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन्।

‘आपतमा परेकालाई सहयोग गर्न सम्बन्धित ठाउमा उक्त रकम पुग्ने अपेक्षाको साथमा कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछु’ सिवाकोटीले भनेकी छन्, ‘मेरो इच्छा यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस् जसले दैनिक काम गरेर जीवन गुजारा गर्नुहुन्छ।’

‘पुरै देश लकडाउन भएको छैठौँ दिनसम्म देशभित्र भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवानसँग यही प्रार्थना गर्दछु कि हाम्रो देश, हामी नेपाली कसैलाई केही नहोस्।’सिवाकोटीले अगाडि भनेकी छिन्।

प्रकाशित: Mar 29, 2020| 16:26 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।