बिहीबार, भदौ ४, २०८३

प्रदेश सरकारलाई सिद्धार्थ बैंकको १० लाख सहयोग

जनकपुरधाम– सिद्धार्थ बैंकले प्रदेश २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

जनकपुरधाम– सिद्धार्थ बैंकले प्रदेश २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना रोकथाम तथा प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिद्धार्थ बैंकले १० लाख रुपैयाँ सहयोग गरेको हो ।

सिद्धार्थ बैंकको जनकपुरस्थित प्रतिनिधिहरुले आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । यसैगरी भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले कोरोना प्रभावितलाई राहत उपलब्ध गराउन २५ करोड रकम राखेर राहत कोष स्थापना गरेको छ । कोषमा प्रदेश सरकारका मन्त्रीहरुले एक महिनाको तलब सहयोग गरेका छन् । यसैगरी नेपाली कांग्रेस संसदीय दलले प्रत्येक प्रदेश सांसदले १० दिनको तलब सहयोग गर्ने निर्णय गरिसकेको छ ।

प्रदेश सरकारले राहत कोषमा सहयोग गर्न प्रदेशस्थित व्यापारिक घरना, सामाजिक संघसंस्था तथा इच्छुक व्यक्तिहरुलाई आग्रह गरेको छ ।

 

प्रकाशित: Mar 29, 2020| 15:47 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।