बिहीबार, भदौ ४, २०८३

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

बुटवल– रूपन्देहीको बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा रहेका रुपन्देही सैनामैना नगरपालिका ७ का ३४ वर्षीय बाबुराम थापाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गाैतमले जानकारी दिए। जराे र सास फेर्न समस्या भएपछि थापा गत बिहीबार अस्पताल भर्ना भएका थिए।

तर, उनमा परीक्षणमा गरिएको कोरोना संक्रमणको रिपोर्ट आउन बाँकी छ। उनको मृत्यु कोरोना संक्रमणले भएको वा अन्य कुनै कारणले भएको हो  खुलेको छैन।

इपिडिमियोलोजी शाखाका निर्देशक वासुदेव पाण्डेले ती युवकको नमुना परीक्षणका क्रममा रहेको बताए। उनले भने, 'कोरोनाको नमुना परीक्षणका क्रममा छ । रिपोर्ट नआई यही कारणले मृत्यु भएको भन्न मिल्दैन।' अस्पतालले उनको स्वाब परीक्षणका लागि आज बिहान राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

उनी चैत ८ गते दुबईबाट स्वेदश फर्किएका थिए।

प्रकाशित: Mar 29, 2020| 15:27 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।