बिहीबार, भदौ ४, २०८३

भारतबाट अवैधरूपमा भित्रिए ३९ नेपाली

भारतबाट अवैधरूपमा ३९ जना नेपाली आइतबार स्वदेश भित्रिएका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

धनगढी– भारतबाट अवैधरूपमा ३९ जना नेपाली आइतबार स्वदेश भित्रिएका छन्। नेपाल र भारतमा बन्दाबन्दी (लकडाउन) जारी रहँदा उनीहरू कैलालीकाे धनगढीस्थित सीमावर्ति गौरिफन्टाको जंगल हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ।

रोजगारीका क्रममा भारतका विभिन्न स्थानबाट आएका उनीहरू पलियाबाट हिँडेर नेपाल आएको बुझिएको छ।

कोराना भाइरस (कोभिड–१९) संक्रमण तीव्ररूपमा फैलिएपछि भारत र नेपालमा बन्दाबन्दी गरिएको छ। सो अवधिमा अत्यावश्यक कामबाहेक अन्य अवस्थामा हिँडडुल गर्न रोक लगाइएको छ।

स्थानीयले भारतबाट नेपाली भित्रिन लागेकाे देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

उनीहरूलाई तिल्लेतालको खाली जग्गामा राखेर स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। स्वदेश भित्रिएका सबै नेपालीकाे सबैको स्वास्थ्य परीक्षण गरेर धनगढीको खुलामञ्चमा रहेको क्वारेन्टाइनमा राखिने तयारी भएको बस्नेतले बताए।

प्रकाशित: Mar 29, 2020| 14:04 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।