बिहीबार, भदौ ४, २०८३

धरानमा कोरोना परीक्षण सुरु

प्रदेश १ मा आइतबारदेखि कोरोना भाइरस परीक्षण सुरु भएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

इटहरी : प्रदेश १ मा आइतबारदेखि कोरोना भाइरस परीक्षण सुरु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए।

ऐरका अनुसार प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको ल्याबमा परीक्षण हुनेछ। १५ जना सक्रिय जनशक्ति भएको ल्याबले दैनिक २० जनाको परीक्षण गर्न सक्ने ऐरले बताए।

'अरु ल्याबमा प्रशोधन भएर आएको थ्रोट स्वाब भने दैनिक ८० वटासम्म परीक्षण गर्नसकिन्छ', ऐरले भने। यसअगाडि प्रतिष्ठानले २५ वटा थ्रोट स्वाब परीक्षण गर्न टेकु अस्पतालमा पठाउँदै आएको थियो।

प्रकाशित: Mar 29, 2020| 13:55 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।