बिहीबार, भदौ ४, २०८३

प्रहरीलाई ढुंगामुढा प्रहार गर्ने पक्राउ

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

मकवानपुर– प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरी मिलनटोलका २० वर्षीय रोशन बललाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

स्थानीय केटाहरूबीच झै–झगडा भइरहेको बेला नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगामुढा गरेपछि बा.९३प ६०१४ नम्बरको स्कुटरसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

सम्झाईबुझाई गर्दासमेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको थियो। ढुंगामुढा लागेर इलाका प्रहरी कार्यालय, पशुपतिनगरको बा.१झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ।

झगडामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 29, 2020| 13:32 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।